बिहिबार, बैशाख १३, २०८१

संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन प्रति शान्ति समाजको आपत्ति

काठमाडौ माघ २४ , मानव अधिकार तथा शान्ति समाजले ललिता निवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल जिम्मेवारहरुलाई उन्मुक्ति दिन रचिएको नाटकप्रति आपत्ति जनाएको छ । समाजद्दारा आज  जारी गरेको विज्ञप्तिमा  तत्कालीन उपप्रम विजय गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरे पनि मूल जिम्मेवारलाई उन्मुक्ति दिन खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।

त्यस्तै समाजका सभापति उत्तम पुडासैनीद्दारा जारी विज्ञप्तिमा “बालुवाटार जग्गा घोटाला प्रकरणमा अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गरेको छ, त्यो दुराशयपूर्ण रहेको उल्लेख गरिएको छ । त्यस्तै प्रतिपक्षीदल नेपाली काँग्रेसले उपसभापति विजय गच्छदार माथिको मुद्दा बदनियतपूर्ण भएको भन्दै सदन अवरुद्ध गरी भ्रातृ संस्थालाई सडकमा उतार्ने निर्णय प्रति समेत समाजको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रस्तुत प्रकरणको निष्पक्ष रुपमा छानबिन गर्न माग गर्दै घटनामा संलग्न जो कोहीलाई पनि कानूनसम्मत कारवाही गर्न माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।