शुक्रबार, चैत्र १६, २०८०

वुहानबाट स्वदेश ल्याइएका १ सय ७५ नेपालीलाइ भक्तपुरको खरिपाटी पुर्‍याइयो

काठमाडौ फागुन ४, चीनको वुहानबाट नेपाल ल्याइएका १७५ जना नेपालीलाई क्वारेन्टाइन व्यवस्था गरिएको भक्तपुरको खरिपाटीमा राखिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट नेवानिको वाइडबडी जहाजमा आइतबार बिहान ४ बजे नेपाल ल्याइएका उनीहरुलाई त्रिभुवन विमानस्थलबाट सिधै भक्तपुर खरिपाटी पुर्‍याइएको हो ।

प्राप्त जानकारी अनुसार भक्तपुर खरिपाटीस्थित नेपा विद्युत प्राधिकरणको भवनमा उनीहरुलाई त्यहाँ १४ दिनसम्म प्त्यक्ष निगानीमा कोरोना भाइरस संक्रमण छ छैन परीक्षण गरी स्वस्थ रहेको पाइएमा मात्र उनीहरूलाई १४ दिनपछि आफ्नो घर जान दिइने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।