बुधबार, बैशाख १२, २०८१

वालिका अपरहण पछि १६ लाख फिरौती माग्ने थापा पक्राउ

काठमाडौं माघ २०, ६ वर्षिय वालिका लाइ अपहरण गरि १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी २० वर्षीय आशिष थापालाइ महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नातामा आफ्नै मामाको छोरा पर्ने थापाले आइतवार मध्यपुरथिमिस्थित ग्लोरि इङ्लिस स्कुल पुगेर युकेजीमा पढ्ने ६ वर्षीया बालिकाको अभिभावक हुँ भन्दै अपरहण गरेको बुझिएको छ ।

त्यस्तै ती अपहरणकारीलेवालिकालाइ मोटरसाइकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गर्नुको अलावा अपहरणकारी थापालाइ समेत पक्राउ गरेको जानकारी दिएका छन । दिउँसो ३ बजे बालिकाको बाबुलाई फोन गरी तेरो छोरी आफ्नो कब्जामा रहेको रु १६ लाख नदिए जे पनि हुनसक्छ भनेर धम्की दिएपछि बालिका अपहरणमा परेको खुलासा भएसंगै बालिकाको बाबुले प्रहरी वृत्त थिमिमा छोरी अपहरणमा परेको खबर गरेपछि प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौँको टोलीले बालिकाको खोजी गर्दै अपहरणकारीको मोबाइल लोकेशनको आधारमा प्रहरीले पक्राउ   गरेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।