शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिबाट मन्त्री नव नियुक्त कानुन मन्त्री तुम्बाहाङ्फेलाई शपथ

काठमाडौ फागुन ५ , नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । तत्कालीन संघीय संसदका उपसभामुख समेत रहेको डा तुम्वाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित एक कार्यक्रमकावीच शपथ दिलाउँनु भएको होे ।

डा तुम्वाहाङ्फेलाई नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित हुनुहुन्थ्यो । मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  यसैवीच नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले आजै पदभार ग्रहण गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।