शनिबार, बैशाख ८, २०८१

महासंघले सोमवार सभामुख सापकोटालाइ ध्यानाकर्षण गराउँने

काठमाडौं फागुन ११,  नेपाल पत्रकार महासंघले नेकपा नेतृत्वको सरकारले संघीय संसदमा प्रस्तुत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने तथा नागरिक अधिकारसँग जोडिएका सबै विधेयकका सम्बन्धमा सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराउने भएको छ ।

महासंघ प्रतिनिधीमण्डलले सोमवार सभामुखको कार्यकक्षमा ध्यानाकर्षण पत्र सहित प्रस्तुत विधेयकमा सरकारले महासंघ लगायत सरोकावाला संघ संस्थाको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयनमा कुरा एउटा व्यवाहर अर्को गर्दै उदासिनता देखाएको आशय सहितको ध्यानाकर्षण गराउँदै प्रस्तुत विधेयकमा अविलम्व सरोकारवाला संघसंस्थाको आजवाज मुखरित गर्न माग गर्ने बताईएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।