बुधबार, बैशाख १२, २०८१

मन्त्री ढकालले भने ‘यो फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ तर पछि……

 काठमाडौं फागुन १४ ‘यो मन्त्री हो कि म ?  फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मन्त्रालयका प्रवक्ता महेन्द्रमान श्रेष्ठसँग ।  तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको हाकिम बनाए । आखिर मन्त्री ढकाल यूटर्न हुन किन र कसरी बाध्य भए ? र, जुनियर र विवादास्पद कर्मचारीलाई टपक्क टिपेर स्वास्थ्य सेवा विभागको हाकिम बनाउनुपर्ने बाध्यता आइलाग्यो ?

मन्त्री भानुभक्त ढकाल पनि दलाल र ठेकेदार विशाल पण्डितहरुको अगाडि लल्याकलुलुक भएर गले र कारवाहीको डण्डा बर्साउनुपर्ने महेन्द्रमान श्रेष्ठलाई उल्टै पुरस्कृत गरिएको खवर आजको जनआस्था साप्ताहिमा प्रकाशित रहेको छ ।

त्यस्तै खवरमा स्वास्थ्य सेवाका कर्मचारी समायोजनका क्रममा गडबडी गरेका उनीविरुद्ध स्वास्थ्यका कर्मचारी पदस्थापन गर्दा आर्थिक चलखेल गरेको चार्ज लाग्दै आएको छ । मन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेको तेस्रो दिन नेकपानिकट स्वास्थ्यमन्त्री कहाँ डेलिगेसनमा पुगेर श्रेष्ठले अन्याय गरेको दुःख विसाएको उल्लेख गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।