बिहिबार, चैत्र १५, २०८०

भक्तपुरको पुरानो बस्तीमा सवारी साधन प्रवेश र पार्किङमा रोक

भक्तपुर फागुन १, भक्तपुर नगरपालिकाले आजबाट लागुहुने गरि पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा रोक लगाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षण संगै पैदलयात्रीको सुरक्षाका लागि भन्दै नगरपालिकाले यस्तो निर्णय कार्यान्वयन गरेको हो ।

त्यस्तै सम्पदास्थल आसपासका क्षेत्रमा समेत यसअघि हुँदै आएको सवारीसाधन पार्किङमा समेत रोक लागाउँदै मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति र्काान्वयन गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।