शुक्रबार, चैत्र १६, २०८०

बालुवाटार जग्गा मुद्धा प्रकरण विरुद्ध राजधानीमा तरुणको विरोध प्रदर्शन

काठमाडौ माघ २६, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृ संगठन तरुण दलले आज पनि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति र निर्दोषलाई कारबाही गरेको भन्दै उसले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

 त्यसलगत्तै आयोजित कोणसभालाइ सम्बोधन गर्दै कांग्रेस नेताहरुले सरकारले पूर्वाग्रही ढङ्गले गच्छदारलाई मुद्दा दर्ता गरेको आरोप लगाउँनुको अलावा सरकार नियोजित प्रारुपमा लोकतन्त्रनै रासायि बनाउँन लागि परेको  बताए  ।

बालुवाटार जग्गा प्रकरणमा काँग्रेसले सदन देखि सडकसम्म विरोध एवम प्रदर्शन जारी राखेका छन । यसअघि शुक्रबार नेबिसंघले पनि काठमाडौंमा प्रदर्शन गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।