बिहिबार, बैशाख ६, २०८१

फेरी ३ दिन मौसममा उतारचढाव हुने महाशाखाको पूर्वानुमान

काठमाडौ माघ २३, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानसम्बन्धी जारी बुलेटिनमा शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्ने र उक्त प्रणलीका कारण वर्ष र बदलीको संभावना औल्याएको छ । त्यस्तै महाशाखाले पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपात र पहाडी भू(भागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध समेत गरेको छ।

यस्तो छ आगामी ३ दिनको मौसम सम्बन्धी पूर्वानुमान : 

माघ २३ गते (बिहीबार)

रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा हल्का वर्षा संभावानाका हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

 रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै  बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।