काठमाडौ माघ २२, बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष परोक्ष प्रहार हुने कुनै पनि किसिमका विधेयक किमार्थ स्वीकार्य नहुने बताएका छन् ।
कार्यक्रममा नेपाल महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले मिडिया काउन्सिल विधयकमा सरकारले लाइसेन्सको बुँदागत व्यवस्था गर्दै राज्यले पत्रकारलाई नियन्त्रण गर्नकै लागि बुँदागत रुपमा थप गरेको बताउँदै पत्रकारलाई चिनाउने उसको कलमले हो, लाइसेन्सले होइन । जसले लाइसेन्स दिन्छ, उसले फिर्ता पनि लिन सक्छ त्यसअर्थमा प्रस्तु व्यवस्था माहासंघको लागि स्वीकार्य नभएको बताउँनु भएको छ । साथै उहाले यसको विरोधमा आवश्यक भएमा पूर्ण प्रेस स्वतन्त्रताको आवाज उठाउँदै सडकमा उत्रिनुपरे पत्रकार महासंघ पछि नहट्ने धारणा व्यक्त गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा प्रेस काउन्सील नेपालका कावा अध्यक्ष अध्यक्ष किशोर श्रेष्ठले विद्यमान अवस्था उठान हुनुमा स्वयम पत्रकार जगत पनि जिम्मेवार भएको बताउँदै पत्रकारहरुले नै सरकारलाई विधेयक ल्याउन हौस्याएको जस्तो देखिएको बताए । त्यस्तै उहाँले सामाजिक संजालको सदुपयोगभन्दा दुरुपयोग गर्दै, मनिटाइज युट्यूब च्यानलबाट पैसाकै लागि अश्लिल सामग्रीको प्रशारण गर्ने जस्ता प्रवृति बढेको भन्दै आपत्ती जनाए । साथै उहाँले पूर्ण प्रेस स्वतन्त्रतालाई कुण्ठीत गर्ने प्रकारका कुनै पनि ऐन वा विधेयक भने ल्याइनु नहुनेमा जोड दिनु भएको छ ।
त्यस्तै पत्रकार सुरेशकिरण मानन्धरले पछिल्लो समय समग्र पत्रकारिता क्षेत्रमा नै चिन्ता पैदा भइरहेको समयमा भाषिक पत्रकारिता क्षेत्र झनै चिन्ताजनक अवस्थामा रहेको बताए ।
‘नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजविर बज्राचार्यले सरकोका पछिल्लो कदम राणाकालीन प्रारुपको भएको बताउँदै पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्ने नाममा राज्यले जरीवाना र दण्डको मानसिकता बताउँनु भनेको विद्रोहको प्रारम्भिक विन्दु भएको र समाचार लेखेकै कारण जेल पो परिने हो कि भनेर पत्रकार त्रसित हुनुपर्ने अवस्था भनेको लोकतन्त्रकै उपहाँस भएको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान