बिहिबार, बैशाख १३, २०८१

प्रम ओलीले भने – सरकार समृद्ध नेपालको आधार तयार गर्दै कार्यान्वयनको क्रममा जुटेको छ

काठमाडौ फागुन ३, प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिको जानकरी दिदै बैठकमा विशेष सम्बोधन गर्नु भएको छ । सम्बोधनको क्रममा प्रम ओलीले सरकारको पहिलो वर्षमा समृद्ध नेपालको आधार निर्माण गर्दै पछिल्लो समय त्यसलाइ कार्यान्वयन गर्दै आएको बताउँनु भएको छ ।

सम्बोधनको क्रममा उहाँले सामाजिक सुरक्षा लगायतका कार्यक्रमले गरीबी घटाउन सहयोग पुगे जिकिर गर्दै श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएको अवस्था छ ।” उहाँले प्रस्तुत कार्यक्रमको कार्यान्वयन संगै श्रम बजारमा नयाँ रोजगारीमा आएका बेरोजगार समस्या समाधान हुँदै आएको बताउँनु भएको छ ।त्यस्तै कम्युनिष्टको सरकार बन्यो भनेर हाँस्न त के रुन पनि पाइँदैन भन्ने गत वर्ष चलेको हल्ला आफैमा मिथ्या भएको भन्दै सरकार हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन सरकार लागिरहेको उल्लेख गर्नु भएको छ।

साथै उहाँले जनताले सुम्पेको विश्वास र भरोसा र नासोका रूपमा सार्वभौम जनताको आकाङ्क्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट जनाउ दिनु भएको छ । सम्बोधनको क्रममा उहाँले पार्टी खोल्ने, झण्डा बोक्ने र सडक÷सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्र म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु– जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस् । बालपनको संरक्षण, युवावस्थामा रोजगारी र बृद्धावस्थामा सुरक्षा भएको समाज–व्यवस्था होस् । म ठान्दछु, सबै नागरिकलाई न्याय, अवसर, समानता र मर्यादासहितको लोकतन्त्र मात्र ‘कम्प्रिहेन्सिभ’ अर्थात परिपूर्ण वा वास्तविक लोकतन्त्र भएको बताउँनु भएको छ ।

त्यस्तैगरि नेकपाले सत्ता सम्हालेको वर्षमा स्वास्थ्य बीमा जम्मा १५ जिल्लामा लागू भएको थियो । अहिले ४९ जिल्लाका २६ लाख १७ हजार ६ सय ७५ जना लाभान्वित हुनेगरी विस्तार भएको छ । अस्पतालहरूमा ९ हजार शैय्या उपलब्ध रहेको बताउँनु भएको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न बन्चरे डाँडामा आधुनिक प्रविधियुक्त स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको पहिलो चरणको काम आगामी चैतभित्र सम्पन्न हुने जानकारी दिनु भएको छ । मैले  गतवर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ– कसैले मेरो भनाइलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्दैछ । दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने नगर्ने फैसला लिइन्नँ ।

 सार्वजनिक जग्गा हडप्नेका विरुद्ध कारबाही शुरु गर्दा होस् वा राजश्व अपचलनका कसुरमा लाग्नेका विरुद्धको कार्यमा होस्, मैले पटक पटक खप्की खाएको छु । तस्करहरू समातिएपछि खोई सुन भन्दै बुरुकबुरुक उफ्रिएको देखेको छु । आज सुनकाण्डमा अदालतले छाडिएिका दोषीहरूबाहेक अरु जेलमा नै छन् । सुन तस्करीको लाइन तहसनहस र बन्द पारिएको छ । जंगल र मझेरीमा लुकाएर राखेको सुन पक्रिएको छ । मैले पहिले नै भनिसकेको छु– अङ्क र विवरणको लामो फेहरिस्तमा जान चाहन्नँ । फेरि पनि यस सम्मानित सदनको जानकारीका लागि केही कुरा राख्ने अनुमति चाहन्छु भन्दै नेपाल ट्रस्टको जग्गाको सन्दर्भमा भइरहेका विभिन्न किसिमका चर्चा परिचर्चा मेरो जानकारीमा छन् । नेपाल ट्रस्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवद्र्धन गर्ने काम सरकारले कानुन बमोजिम गर्ने बताउँनु भएको छ ।

यस्तो छ प्रम ओलीले संसदमा गर्नु भएको सम्बोधनको पूर्ण पाठ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।