बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीका असली चेलाको कमिसन काण्डले देश लज्जित : विप्लव

काठमाडौ फागुन ९,  राज्यद्दारा प्रतिबन्धित नेपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै नेपाका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन् ।

त्यस्तै जारी विज्ञप्तिमा विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको विषयले देश तरंगित भएको जिकिर गर्दै देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित बहुँदा समेत प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन्,’ भनिएको छ ।

साथै विज्ञप्तिमा ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।