बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभाको बैठक : सासंद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित

काँग्रेसका सभापति देउवाद्दारा दुःख व्यक्त

काठमाडौ फागुन २, प्रतिनिधिसभाको आजको बैठकले नेपाली काँग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्नुको अलावा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैवीच प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी ओलीेले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण आज हुने भनिएको प्रमको सम्बोधन फागुन ३ गते शनिवार ११ बजे बस्ने बैठकमा हुने भएको छ ।

त्यस्तै काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।सभापति देउवाले आज जारी गर्नु भएको शोक विज्ञप्तिमा सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्ल्ेख गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।