शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

काठमाडौ माघ २६, प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधका कारण आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको हो । आजको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए ।

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले कांग्रेसका सांसदहरुलाई ‘तपाईंहरुले उठाएको विषय’ अदालतमा प्रवेश भइसकेको हुँदा सदन सुचारु गर्न दिन आग्रह गरेका थिए ।

तर कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनुपर्ने माग गर्दै गर्दा सभामुखले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको विषय अदालतमा पुुगिसकेकाले सदनमा छलफल हुन नसक्ने भन्दै सभामुख सापकोटाले प्रतिपक्ष दलका सांसदलाई बोल्न समय नदिएपछि काँग्रेस सासंदहरुले आफेनो विरोधलाइ जारी राखेपछि सभामुख सापकोटाले माघ २८ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको  जनाउ दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।