बुधबार, बैशाख १२, २०८१

पेट्रोलियम पदार्थमा कर लगाउने निर्णय फिर्ता गर्न नेविसङ्घको माग

काठमाडौ फागुन १६ , सरकारले मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम पूर्वाधार विकास करको दर परिमार्जन सहित नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा प्रतिलिटर रु १० पु¥याइएसंगै नेपाल विद्यार्थी सङ्घले इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा बजारभाउ वृद्धिहुने भन्दै तत्काल पेट्रोलियम पदार्थमाथि लगाइएको कर फिर्ता लिन माग गरेको छ ।

संघका अध्यक्ष राजिव ढुङ्गानाद्वारा आज जारी विज्ञप्तिमा करको  कारण इन्धनको मूल्यवृद्धि भई सबै उपभोग्य सामानको बजार भाउ स्वभाविकरुपमा बढ्ने यसबाट नेपाली प्रत्यक्ष प्रताडित हुने जनाउ सहित कर फिर्ता गर्न माग गरेको हो ।

त्यस्तै विज्ञप्तिमा ललितानिवास जग्गा प्रकरणलगायत आर्थिक अनियमितामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न र आयातित पाठ्यपुस्तकमा लगाइएको करसमेत फिर्ता लिन माग गर्नुको अलावा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्नभनेको छ ।

यसैवीच सरकारले भने इन्धनमा थप लगाउँन लागेको करले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने बताँउँदै पेट्रोलियम पदार्थको दर पुनरावलोकनका कारण बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।