मङ्लबार, बैशाख ४, २०८१

नेविसंघको तदर्थ कार्यसमितिमा दुई उपसभापति सहित ५ महामन्त्री चयन

काठमाडौं माघ १९, नेपाली काँग्रेसले कांग्रेसको  विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम गत माघ १६ गते भातृसंस्था नेपाल विद्यार्थी संघ तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगानासहित दुई महामन्त्री  चयन गरेको नेपाली काँग्रेसले आज संघको तदर्थ समितिमा थप दुई उपसभापति र पाँच महामन्त्री सहित सात पदाधिकारीको चयन गरेको छ ।

आज थप भएका पदाधिकारीमा उपसभापतिमा तुलसा पन्त र मुक्तिराज पौडेल रहेका छन भने महामन्त्रीमा दिपक भट्टराई, उर्मिला थपलिया, प्रभातकुमार दाहाल, बलदेव तिमल्सिना र युवराज पाण्डे रहेका छन ।

त्यस्तै गठित तदर्थ कार्यसमितिलाइ क्रमस आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने , आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने , तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने र यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति ९२०७५ माघ २९ गते०सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिने वातावारण बनाउँने ४ बुँदे कार्यदेश दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।