शुक्रबार, चैत्र १६, २०८०

नेकपा सचिवालय बैठक : पार्टी उपाध्यक्ष गौतमलाइ राष्ट्रिय सभा सदस्य बनाउने निर्णय

काठमाडौं फागुन १४,  सत्तारुढ  नेकपाको आज बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक पछि सञ्चारकर्मीसंग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको जानारी दिदै यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनुभएका अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि फागुन २१ गते सकिएसंगै पार्टी उपाध्यक्ष गौतमलाइ मनोनयन गरिने तयारी भएको बताउँनु भएको छ ।
साथै
प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाए पनि कार्यदल बनाएपनि अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य नभएको ठहर सहित मौजुदा कार्यदल विगठन समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।