बिहिबार, चैत्र १५, २०८०

नेकपा बैठक: समुहगत छलफलको निष्कर्ष, पार्टी र सरकारको यावत कामकारवाही लज्जास्पद भएको जिकिर

बैठकमा मुखरित आवाजको आजको बैठकमा अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिने  

काठमाडौ माघ १९ , गत बुधवारबाट राजधानीम जारी सत्तारुढ नेकपाको केन्द्रीय समितिको बैठकमा शनिबार समूहगत धारणा राख्नेक्रम सकिएको छ । शनिबारको बैठकमा विभिन्न समूहका टोली नेताले आ–आफ्नो समूहमा उठेका विषय र निष्कर्ष प्रस्तुत गरेका थिए ।

समहुगत छलफलको क्रममा प्राय सवै समुहको तफबाट मुलुकमा नेकपाको सरकार गठन हुँदै गर्दा जनताले देखिेको सपना विपरित कामकारवाहीले प्रशय पाएको भन्दै नेतृत्वको तिव्रआलोचना सहित सरकारी जग्गालगायत विभिन्न अनियमितताले प्रशय पाउँनु लज्जास्पद भएको जनाउ दिदै तत्काल नेताहरुको सम्पत्ति छानबिन, यौन दुर्व्यवहारको छानबिन रभ्रष्टाचार गर्नेलाई मृत्युदन्डको व्यवस्था गर्न माग गरेका थिए । यस्तै एमसीसी टुंगो लगाउन विज्ञ र पार्टी नेतासहितको आयोग गठन गर्न माग गरेको छ । उक्त आयोगको ‘रिपोर्ट’पछि पार्टीले श्वेतपत्र जारी गर्नुपर्ने माग समेत गरिएको थियो ।

त्यस्ते समुहगत धारणा राख्ने क्रममानै यती समूहलाई जग्गा भाडामा दिएकोलगायत विभिन्न अनियमितताको गम्भीर छानबिन गर्न र सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति तत्काल छानविन हुनु पर्ने आवाज समेत मुअरित भएको थियो । यसरी बैठकमा मुखरित आवाजको आजको बैठकमा अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको सम्वद्ध समाचारस्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।