शुक्रबार, बैशाख १४, २०८१

निर्धारित समय गुज्रियो,अझै बस्न सकेन प्रतिनिधीसभाको बैठक

काठमाडौं फागुन ८, आजै बस्ने प्रतिनिधिसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गर्ने भएको छ । सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणकै कारण सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै संसद अवरुद्ध गर्ने तयारी काँग्रेसले गरेको छ । त्यसअर्थमापनि आज १ बजे बस्ने गरि बैठक वोलाईएपनि बैठक शुरु हुने कुनै लक्षण देखिएको छैन ।  सम्वद्ध स्रोतका अनुसार सेक्युरिटी प्रेस खरिद तथा स्थापनका लागि कमिसन ‘डिल’ गरेको अडिओ टेप बाहिरिएपछि मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसले माग गर्दै मन्त्री बाँस्कोटालाई बर्खास्त नगरेसम्म बैठब चल्न नसक्ने यसअघिनै जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।