शुक्रबार, बैशाख १४, २०८१

तल्लो सदनको आजको बैठकमा विभिन्न चार विधेयक पेश

काठमाडौ माघ २१, तल्लो सदनको आज बसेको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको हो ।

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राख्नुभएको थियो । बैठकको अनुमतिपााएसंगे उहाँले पछि ती विधेयक बैठकमा पेश गरिएको हो ।

यसैवीच आजको बैठकमा सासंदहरु दिव्यमणि राजभण्डारी, मोहम्मद इस्तियाक राई, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कृष्णभक्त पोखरेल, डीला सङ्ग्रौलासहित १४ सांसदले कोरोना भाइरस रोकथामका लागि कार्यक्रम ल्याउनुपर्ने सवालमा आवाज मुखरित गरेसंगै  तल्लो सदनको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय वोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको तथापी सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ ।

त्यस्तै बेठकमा पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।