शनिबार, बैशाख ८, २०८१

चिनियाँ दूतावासको विज्ञप्तिप्रति महासंघद्दारा आपत्ति प्रकट

काठमाडौ फागुन ७ , नेपाल पत्रकार महासंघले ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति प्रकट गरेको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा दूतावासको विज्ञप्तिमा उल्लेख गरिएका विषयमा महासंघको गम्भीर ध्यानाकर्षण सहित आपत्ती प्रकट गरेको हो ।

त्यस्तै विज्ञप्तिमा प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो भन्दै महासंघले ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत् पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ भएको उल्लेख गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्वद्ध निकायसँग माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।