शनिबार, बैशाख ८, २०८१

खनाल नेतृत्वको कार्यदलले दियो यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाव

काठमाडौं फागुन १०,सत्तारूढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको पूर्व प्रम झलनाथ खनाल नेतृत्वको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाव दिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाइ कार्यदलले संयुक्त रूपमा शुक्रबार प्रतिवेदन  बुझाउँदै एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यथास्थितिमै पारित गर्न नहुने जिकिर सहित संशोधन गर्नुपर्ने बुँदासमेत उल्लेख गर्दै प्रतिवेदन बुझाएको कार्यदलले जनाएको छ ।

एमसीसीबारे नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा चर्को बहस भएसंगै सत्तारूढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठन गरेको पूर्व प्रम झलनाथ खनाल नेतृत्वको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाव दिएको हो ।

स्मरण रहोस प्रधानमन्त्री ओली एमसीसी मुलुक र जनताको हितमा भएको भन्दै पारित गर्नुपर्ने बताउँदै आएका छन् । तर, नेकपाका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता खनालसहितका नेताहरूले सम्झौताका केही सर्त संशोधन गरेर पारित गर्नुपर्ने अडानमा छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।