शुक्रबार, चैत्र १६, २०८०

क्वारेन्टाइन क्षेत्रमा सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको मन्त्रालयको प्रष्टोक्ति

काठमाडौ माघ २९, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाउँदै नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको उल्लेख गर्दै ति पनि आवश्यक उपचार पछि घर फर्किसकेको जनाएको छ ।

त्यस्तै मन्त्रालयका चीनसहित विश्वका २४ देशमा फैलिएको कोरोनाको प्रभाव नेपालमा पर्न नदिन आवश्यक सरकारले तयारी र उच्च सतर्कता अपनाइएको जनाउँदै मन्त्रालयले चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शङ्का लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख गर्नुको अलावा गरिएको छ  चीनबाट नेपाल फिर्ता ल्याउँन लागेको विद्यार्थीमा कोरोना भाइरसबाट सङ्क्रमित नभएको समेत स्पष्ट पारेको पारेको छ ।

यसैवीच सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाँउमा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको भन्दै जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाइ पत्राचार गरेसंगै आवश्यक छलफल पछि मन्त्रालयले त्यस क्षेत्रमा शुरु  गरेको र   विरामीको स्वास्थय परीक्षणको क्रममा    कोरोना भाइरसको कुनै लक्षण नभइ सामान्य रुघा, खोकी र ज्वरोको विरामी भेटिएको जनाएको छ ।

यद्यप ि  मन्त्रालयले यसको उपचारको लागि मन्त्रालय  मातहतका स्थानीय स्वास्थ्य केन्द्रमार्फत नियमित चेकजाँच सहित स्वास्थ्य सेवा उपलब्ध गराईएको जनाउँदै  रुघाखोकी र ज्वरो नियन्त्रण गर्नका लागि स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्य कार्यालय र जुगल गाउँपालिका स्वास्थ्य शाखाको बीचमा उच्च सतर्कताका साथ नियमित समन्वय सहित कार्य सम्पादन भइरहेको मन्त्रालयका प्रवक्ताद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।