शुक्रबार, चैत्र १६, २०८०

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वस्थ्य : मन्त्रालय

काठमाडौ फागुन ७, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले हुवेई प्रान्तबाट उद्धार गरीएका १७५ जना नेपाली नागरिकलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका नेपालीको स्वास्थ्य परीक्षणको क्रममा ‘नोभेल कोरोना भाइरसको कुनै लक्षण ’नपाईएको जानकारी दिदै सङ्क्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको बताउँनु भएको छ ।

यद्यपी त्यस्तै पत्रकार सम्मेलनमा कोरोना भाइरस रोग (कोभिड–१९) फैलन नदिन निगरानी, नियन्त्रण र रोकथामका कार्य प्रभावकारी रूपमा सञ्चालन गरेको जानकारी दिदै प्रवक्ता श्रेष्ठले नेपाल सरकारको तर्फबाट चीनबाट नेपाली नागरिक नेपाल ल्याउन सहयोग गर्नुहुने सबै सरोकारवालालाई धन्यवाद दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।