शनिबार, बैशाख ८, २०८१

कोरियामा रहेका नेपालीलाइ कोरोनाको संक्रमणबाट सुरक्षा गर्न काँग्रेस सभापति देउवाको अपिल

काठमाडौ फागुन १३ , विश्वका दुई दर्जन भन्दा बढि मुलकलाइ आक्रान्त पार्दै आएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरियामा समेत देखिन थालेपछि संघीय ससंदका प्रमसख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको सुरक्षाको लागि उच्च सर्तकता अपनाउँन त्यहाँस्थित नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी समन्वय सहित सहकार्य गर्र्न अपिल गर्नुभएको छ ।

सोमवार सभापति देउवाले नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्राचार गर्दै कोरियामा रहेका सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकता अपनाउँदै आपसी भाइचारा अभिवृद्धि गर्दै एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गर्नुभएको काँग्रेस मुख्यालले जनाएको छ ।

त्यस्तै उहाँले पत्रमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा दुख लागेको जनाउ स कोरियामा रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उल्लेख गर्नु भएको छ ।  साथै  नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने सवै किसिमका सजगता अविलम्व कार्यान्वयन गर्न समेत आग्रह गरिसकेको जनाउ दिदै सभापति देउवाले कोरोना संक्रमण देखिएको कोरियाली थेगु शहरमा रहेका नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु” सभापति देउवाले पत्रमा उल्लेख गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।