शनिबार, बैशाख ८, २०८१

किलागः त्वा खलःको दि प्याखँद्वारा मनकामनामा समयब्व अर्पण

काठमाडौं फागुन १०,  परम्परागत किलागःत्वाको दि प्याखँद्वारा व्यक्तिको नाममा दर्ता भैसकेको दि प्याखँको गुथि घर गुथिकै नाममा ल्याई नवनिर्माण शुरू गर्न सकिएको खुशियाली स्वरूप आज शनिवार गोरखा जिल्लामा अवस्थित सुप्रसिद्ध मनकामना माईमा समयब्व अर्पण गरियो ।
दि प्याखँ प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष एवं किलागः त्वाःखलःका गुरु ईन्द्र महर्जनले वर्षाैंको सामुहिक प्रयासबाट ऐतिहासिक दि प्याखँको देवघर गुथिकै नाममा ल्याउन सहयोग गर्ने सम्पूर्ण गुथिका सदस्य, शुभचिन्तक एव दि प्याखँ प्रति श्रद्धा राख्ने भक्तजनमा आभार व्यक्त गर्दै पुनःनिर्माणको लागि तन, मन र धनले सक्दो सहयोग गर्नु हुन अनुरोध गर्नुभयो ।

मनकामना मन्दिर परिसरमा हामीसँगको छोटो कुराकानीका क्रममा मेयर विद्या सुन्दर शाक्यले हाम्रा मूर्त अमूर्त कला संस्कृति हाम्रो देशको पहिचान भएको मनकामना मन्दिर परिसरमा हामीसँगको छोटो कुराकानीका क्रममा मेयर विद्या सुन्दर शाक्यले हाम्रा मूर्त अमूर्त कला संस्कृति हाम्रो देशको पहिचान भएको बताउँदै   दि प्याखँ  पनि यसको अभिन्न पक्ष भएकाले   यसको संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामविर मानन्धर, ३ नं. प्रदेशका सभासद वसन्त मानन्धर, का.म.पा.का उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, गुथिका पदाधिकारी तथा सदस्यहरु, सांस्कृतिक बाजागाजा खलः सहित उल्लेख्य श्रद्धालु भक्तजनको सहभागिता रहेको थियोे ।
यसअघि गत महिना २५ गते किलागः स्थित श्री गणेश, श्री कुमार, श्री नित्यनाथ एवं नागार्जुन फेदी अवस्थित दि प्याखँको शक्तिपीठमा पनि समयब्व अर्पण गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।