शनिबार, बैशाख ८, २०८१

काठमाडौं उपत्यका सहित केही स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना

काठमाडौ फागुन ९, जल तथा मौसम पूर्वानुमान महाशाखाल पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौं उपत्यका सहित केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने संभावना औल्याएको छ।

त्यस्तै महाशाखले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत प्रवल सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

साथै महाशाखाले आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।