शनिबार, बैशाख ८, २०८१

काँग्रेस सांसद थापाले प्रम ओलीलाइ संसद फेस गर्न दिए यस्तो चुनौती

काठमाडौ फागुन १३,  संघीय संसदको आज बसेको बैठकमा विहेष समय लिएर वोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओली मार्क्सवादी भन्दा पनि यतीवादी भएको बताएका छन ।

त्यस्तै  काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सासंद थापाले  प्रम ओलीले राजामहाराजाको झल्को दिने गरि डाकाँडा, तालतलैया घुम्‍न जाने नभइ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा संसदमा आफ्नो धारणा राख्न पर्ने बताउँदै ‘प्रधानमन्त्रीसँग संसद फेस गर्ने हिम्मत छ कि छैन भन्ने प्रश्न गर्दै    यस विषयमा सभामुखले रुलिङ गर्नुपर्ने जिकिर गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो। बालुवाटारमा ऐना छ कि छैन भन्दै थापाले नेकपाको एक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्न तर्फ प्रमको ध्यानकेन्द्रीत हुन मुलुकको लागि दुर्भाग्य भएको आरोप समेत लगानुभयो ।

यसअघि  ससंदको आजको बैठक शुभभएको सभामसखबाट घोषणाभएसंगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाले एकै स्वरमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ‘वाइडबडी’ विमान खरिद र बालुवाटार जग्गा प्रकरणलगायतका भ्रष्टाचारकाण्डबारे सदनलाई जानकारी दिन माग गरेका थिए । बैठक सुरुमानै नेपाली कांग्रेसका सांसद डा। मीनेन्द्र रिजालले ‘आफ्नै विश्वासिला पात्रले ७० करोड घुस प्रकरण जन्मोत्सव प्रकरणमा प्रधानमन्त्री केपी ओलीको चरित्र नेपाली जनताले नगिचबाट बुझ्ने मौका पाएको बताए ।  त्यस्तै बैठकमा राजपाका सांसद प्रमोद साह ,समाजवादी पार्टीकी सांसद सरिता गिरी लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।