शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस सभापति देउवाले भने – जारी श्वेतपत्र मिथ्या र कपोकल्पित

काठमाडौं फागुन १५, काँग्रेस  सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको तत्कालीन् मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएपनि नेपाल ट्रष्टको तर्फबाट जारी गत फागुन १३ गते जारी श्वेतपत्र मिथ्या र कपोकल्पित विवरण सार्वजनिक भएको भन्दै गम्भीर असहमति प्रकट गर्नु भएको छ ।

सभापति देउवाले बुधवार जारी विज्ञप्तिमा नेपाल ट्रष्ट सम्पत्ति सम्बन्धी जारी श्वेतपत्र प्रकरर्ण सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरण र, नेपाल ट्रष्टअन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको गम्भीर अनियमिततका सवाललाइ ढाकछोप गर्न रचिएको परिपञ्च भएको भन्दै जारी विवरण आफैमा भ्रमको खेती भएको बताउँनु भएको छ ।

त्यस्तै विज्ञप्तिमा विसं २०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले गलत भएको समेत विज्ञप्तिमा उल्लेख गर्दै कथित विवरणप्रति विमति प्रकट गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31