शनिबार, बैशाख ८, २०८१

काँग्रेसद्वारा आसन्न अधिवेशन र महाधिवेशन प्रयोजनका लागि विधानका दफागत व्यवस्था निलम्बन

काठमाडौं फागुन १ , संघीय संसदका प्रमसख प्रतिपक्षीदल नेपाली काँग्रेसको बुधवार बसेको केन्द्रीय समितिो बैठकले पार्टीको आसन्न अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । विधानका निलम्वित धारा मुलत क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुने र यसरी निलम्वन गरिएका दफा पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइने पार्टी मुख्यालयले जनाएको छ ।

त्यस्तै बैठकले काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसङ्ख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई दृष्टिगत गर्दै पार्टीका वडा तहमा हाल विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्नेे निर्णयसंगै पार्टीको बाँकी रहेको सङ्गठनको अन्तरिम संरचनाको समायोजन कार्य सम्पन्न गर्न समेत निर्देशन दिएको छ ।

साथै बैठकले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्तालाई सुनियोजित रूपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने गरेको आरोेप लगाउँदै संविधानको मर्म एवं भावना विपरीतका विधेयक र जनविरोधी क्रियाकलापकाविरुद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।