शुक्रबार, बैशाख ७, २०८१

कमिसन बार्गेनिङको आरोपलागेसंगै सूचना प्रविधि मन्त्री गोकुलप्रसादले दिए राजीनामा

काठमाडौ फागुन ८ , सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेसंगै राजीनामा दिएका छन् ।मन्त्री बाँस्कोटाले   स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो। मन्त्री बाँस्कोटाले धनगढीबाट फर्किए लगत्तै प्रम निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएको हो । निर्धारित समय भन्दा ढिलो शुरु भएको  प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै   अवरुद्ध गरेको छ ।  कमिशन प्रकरणको सवालमा काँग्रेसका सांसदहरुले आआफ्नो आसनबाट उभिदै विरोध जनाएसंगै  बैठकलाइ  सभामुख अग्निप्रसाद सापकोटाले  मन्त्री  बाँस्कोटाले राजीनामा दिइसकेको  जानकारी  सदनलाइ प्राप्त भएको जानकारी दिनु भएको हो। तथापी  काँग्रेसको  विरोध जारी रहेकै कारण   आजको  बैठक   स्थगन गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते अपराह्न १ः०० बजे बस्नेछ ।

यसैवीच सरकार प्रवक्ता समेत रहेका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक संजाल फेसबुकमा राजीनामा सम्बन्धि धारणा पोष्ट गर्दै आफुमाथि कमिसन बार्गेनिङको आरोप लागेपछि नैतिकताको आधारमा आफुले राजीनामा गरको व्यहोरा लेखेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31