शनिबार, बैशाख ८, २०८१

कमिसन बार्गेनिङको अडियो सार्वजनिक गर्ने मिश्रलाइ पक्राउ गर्न उर्दी

काठमाडौं फागुन ८,  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले  समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्राचार गरिएको थाहा भएको छ । 

सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्र र सोहि प्रकरणमा सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा लेख्ने प्रभातकिशोर उपाध्यायलाइ तत्काल पक्राउ गरी कारवाही गर्न समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।