शुक्रबार, चैत्र १६, २०८०

आसन्न महाशिवरात्रि पर्वलाइ नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर मनाइने

काठमाडौ माघ २४, आसन्न महाशिवरात्रि पर्वलाइ नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी अनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ ।

समितिले आज पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पनि पत्राचार गर्न लागिएको जानकारी दिदैपशुपतिनाथ विश्वस्तरमै पहिचानको केन्द्र भएकाले भ्रमण वर्ष लक्षित गरिएको बताउँनु भयो ।

त्यस्तै कार्यक्रममा कोषको सदस्य सचिव डा प्रदीप ढकालले महाशिवरात्रिमा पशुपति आउने साधु सन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको अलावा यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी सहित महाशिवरात्रिको पर्वका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको बताउनुभयो । कार्यक्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेललगायत वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।