बिहिबार, बैशाख १३, २०८१

आफ्नै हर्कतका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको चौतर्फी आलोचना

सार्वजनिक फोटो यस्तो छ

काठमाडौ फागुन ४, नाम, प्रतिष्ठा हाँसिल गर्न जति गारो छ , त्यतिनै हाँसिल गरेका नाम र प्रतिष्ठा जोगाउन गारो रहनुको अलावा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पादन गर्ने प्रत्येक काममा जनजनको नजर रहन्छ भन्ने सत्यतालाइ नजर अन्दाज गर्दै शक्तिको उन्मादमा जे गर्दा पनि हुन्छ भन्ने प्रवृतिका कारण आज गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको चौतर्फी आलोचना शुरु भएका छन  ।

मुख्यमन्त्री गुरुङले आफ्नै आफ्नो जन्मदिनको क्रममा मुख्य मन्त्री कार्यालयमा रक्सीको भोजकोआयोजना गर्दै रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिदै गरेको तस्वीर सार्वजनिक भएसंगै यहााके प्रतिष्ठनमा प्रश्च चिन्ह खडा भएको  हो ।

गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गएर हुस्की हेर्दै हास्दै गरेको फोटो  सार्वजनिक भएको हो ।प्रस्तुत फोटो सार्वजनिक भएपछि प्रदेशमा मात्र नभएर केन्द्रीय सरकारमा समेत मुख्यमन्त्री गुरुङको विषयमा अनेकन टिप्पणी हुन थालेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।