शुक्रबार, बैशाख १४, २०८१

अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना सहित स्वनियमन गर्ने घोषणा

काठमाडौ माघ २४, पछिल्लो समय राजानीबाट सञ्चालनमा रहेका अनेकन अनलाइन टेलिभिजनमा बढ्दो विकृति प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै अवका दिनमा ती अनलाइन टेलिभिजनका सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार राजधानीमा भएको अनलाइन टेलिभिजन सञ्चालकको प्रथम भेला तथा विज्ञसँगको अन्तरक्रिया कार्यक्रममा उनिहरुले त्यस्तो प्रतिवद्धता जनाउँदै आगामी दिनमा प्रशारण योग्य समाचारजन्य सामाग्री प्रशारण गर्ने बताएको हो ।

भेलाको अध्यक्षता गर्नुभएका पत्रकार जीवन भण्डारीको अध्यषतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले पछिल्लो समय बढ्दो वेतिथिका कारण राज्य अनेकन प्रारुपमा नियमन्त्रण मुखि कानुन ल्याएको बताउँदै राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन अनलाइन टेलिभिजन सञ्चालकलाई सुझाव समेत दिनु भएको छ ।

त्यस्तै महासङ्घका अर्का पूर्वअध्यक्ष शिव गाउँलेले आफूले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेवारीबोध भएको अवस्थामा स्वतः विकृति निवारण हुने धारणा व्यक्त गर्दै आचार सहितामा बाँधिएमा अनलाइन टेलिभिजनको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अनलाइन टिभीमा बढ्दो विकृतिकै कारण पछिल्लो समय साइबर अपराधका कारण अनेकन समस्या सिर्जना भएको बताउँदै यसको न्यूनिरणका लागि समेत आचार सहिंता आवश्यक रहेको बताउँनु भयो । त्यस्तै अनलाइन पत्रकार सङ्घका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले सङ्गठित भएमा पेशालाई व्यवस्थित गर्न सहयोग हुने धारणाा राख्नु भयो । त्यस्तै अन्र्तक्रिया पछिको सत्रमा २५ सदस्यीय अनलाइन टिभी तदर्थ समिति, आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय समेत गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।