शनिबार, बैशाख ८, २०८१

अख्यितारका सचिव न्यौपानेलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौ माघ १६, सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेखसहित े फाइलसहितको १५ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको पूर्ण इजलासले आज अख्तियारका सचिव न्यौपानेलाई मुद्दाको अभिलेखसहित आफै इजलासमा उपस्थित हुन आदेश जारी गरेको हो । अदालतद्दारा जारी आदेशमा आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने उल्लेख गर्दै आयोगका सचिव स्वयमलाइ ् निर्णय फाइल र अभिलेख लिई इजलाससमक्ष अनिवार्य रुपमा उपस्थित हुनु भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।