बिहिबार, बैशाख १३, २०८१

अवैध औषधिको कारोवार गर्ने औषधि माफियाको दस्तामाथि प्रहरीको सहकार्यमा विभागको छापा

शल्यक्रियाको दुखाइ कम गर्ने, यौन उत्तेजना बढाउने, गर्भ निरोधक, सुगर, प्रेसर निवारणको क्रममा प्रयोग हुने उल्लेख्य परिणाममा अवैध औषधि बरामद

  कृपासुर ड्रग हाउसका व्यवसायी भण्डारी फरार,  व्यवसायीको आवरणमा औषधिको अवैध धन्दा गर्न पल्केका  यस्ता ठूला माछा रुपी माफियाहरु पनि अव केहि समय पछिनै कारवाहीको घेरामा आउँने :  महानिर्देशक ढकाल

काठमाडौ पुस २८, मुलुकको औषधी जगतका नियमक निकाय औषधि व्यवस्था विभाग र नेपाल प्रहरीले आज मुलुकमा परोक्ष प्रारुपमा सक्रिय रहदै अवैध औषधीको कारोवार गर्ने औषधि माफियाको  दस्तामाथि पहिलो तथा महत्वपूर्ण प्रहार गरेको छ । यो वा त्यो नामका अवैध औषधिको विक्री वितरण गर्दै जनमामानसको स्वास्थ्यमाथि खेलवाड गर्दै आइरहेका औषधि माफियाको सञ्जालको सवालमा प्राप्त सूचनाको आधारमा नेपाल प्रहरीको सयोगमा विभागले राजधानीको खुशिबुस्थित एक घरमा छापा मार्दै अवैध रुपमा मुलुकमा आयात गर्दै लुकाइ छिपाइ विक्री वितरण गर्ने तयारीमा  राखेको अवस्थामा ठूलो परिणमका औषधि बरामद गरेको   हो ।

 औषधि व्यवस्था विभागमा विभिन्न आरोह अवरोह लाइ छिचोल्दै पुन महानिर्देशकको जिम्मेवारी प्राप्त गर्न सफल हुनु भएको महानिर्देशक नारायण ढकालले आफ्नो कार्यभार सम्हाल्ेको केहि दिन पछि नै मुलुकको औषधि जगतमा विद्यमान यावत वेतिथी लगायतका अराजक र औषधि व्यवसायको आवरणमा जनस्वास्थ्यमाथि खेलवाद गर्दै विभागमा दर्ता नै नभएका अनेकन औषधि र औषधि माफियाको कारवाही प्रसंगलाइ सम्बोधन गर्ने क्रममा विभागको तर्फबाट भएको पहिलो कारवाही अन्र्तगत ती औषधि वरामद भएको हो।

यसै प्रसंगमा हामीले विभागका महानिर्देशक नारायण ढकाललाइ टेलिफोन सम्पर्क गर्दै प्रस्तुत प्रकरणका सवालमा जानकारी माग गर्दा महानिर्देशक ढकालले छापा मार्ने क्रममा बिभागमा दर्ता नगरिएका विभिन्नखाले औषधी फेला परेको जानकारी दिदै ती औषधि शल्यक्रिया गर्दा दुखाइ कम गर्ने, यौन उत्तेजना बढाउने, गर्भ निरोधक, सुगर, प्रेसर निवारणको क्रममा प्रयोग हुने जानकारी दिनु भएको छ । त्यस्तै उहाँले राजधानीको औषधि जक्शन भनेर चिनिएको क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउसले अवैध औषधि स्टोर गरेर राखेको अनुसन्धानको क्रममा जानकारी प्राप्त भएको यद्यपी अनुसन्धानको कामअझै बाँकी रहेको जानकारी दिनु भएको छ ।

   विभाग अन्र्तगत रहेको निरिक्षण महाशाखाले यस सम्बन्धमा कामकारवाही गर्द गरेको जनाउ सहित औषधि  व्यवसायी पुरुषोत्तम भण्डारीको खोजी भइरहेको बताउँदै महानिर्देशक ढकालले यो त प्रारम्भिक कारवाही मात्र भएको र औषधि व्यवसायीको आवरणमा अवैध धन्दा गर्न पल्केका औषधि जगतका यस्ता ठूलामाछा रुपी माफियाहरु पनि अव केहि समय पछिनै कारवाहीको घेरामा आउँने बताउँनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।