शुक्रबार, बैशाख १४, २०८१

स्वस्थानी व्रत आजदेखि आरम्भ- हेर्नुस (फोटो फिचर)

काठमाडौं पुस २५  , हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत आजदेखि आरम्भ भएको छ । स्थानी व्रतकथामा पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।स्वस्थानी देवी अर्थात सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ ।

 

स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ । व्रतकथामा यिनै देवीको पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकाले उनले महादेव पति पाएको विश्वास गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।