शुक्रबार, चैत्र १६, २०८०

चितवनका प्रहरी प्रमुख मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन

काठमाडौं पुस १७, प्रदेश प्रहरीे कार्यालय हेटौंडाले चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ ।सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई यस्तो निर्देशन दिएको हो ।

गत पुस ४ गते मल्ला सहित दुइदर्जन एसपीको सरुवा भएअनुरुप मल्ललाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारी दिईएको थियो । तर एसपी मल्ल सरुवा भएको स्थानमा नगइ माथिल्लो तहको निर्देशनको अवज्ञाा गर्दै बसेको कारण यस किसिमको निर्देशन दिईएको हो ।

प्रहरी उपरीक्षक अरुण पौडेलको हस्ताक्षरमा प्रहरी कार्यालय हेटौंडाले पठाएको रमाना निर्देशनमा हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध गरिन्छ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।