शुक्रबार, बैशाख ७, २०८१

४ बुँदे कार्यादेश सहित ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमिति गठन

काठमाडौं माघ १६, नेपाली काँग्रेसले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम भातृसंस्था नेपाल विद्यार्थी संघ तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगानालाइ चयन गरेको छ ।निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन रहदै आएको थियो ।

काँग्रेस मुख्यालले आज जारी गरेको विज्ञप्तिमा संघको तर्दथ समितिको अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा  उल्लेखभएअनुसार महामन्त्रीद्दयमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको   उल्लेख गरिएको छ । संघको तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र मनोनयन गरिने उल्लेख  गरेका छन ।

त्यस्तै गठित तदर्थ कार्यसमितिलाइ क्रमस आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने , आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने , तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने र यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते)सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिने वातावारण बनाउँने ४ बुँदे कार्यदेश दिईएको छ ।

यसैवीच संघमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित भएपनि त्यसविपरित अध्यष चयन भएके भन्दै संघआवद्ध नेताहरुले तिव्र विमति प्रकट गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु