बुधबार, बैशाख १२, २०८१

सोनाम ल्होसार  पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ बनाओस: राष्ट्रपति

काठमाडौ माघ ११,  तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो सन्देशमा यो पर्वलाई तामाङलगायत ह्याल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन, यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गनृ बताउँदै सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्नु भएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै नेपालका मौलिक कला संस्कृतिले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले यस पर्वले तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन साथै आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकता प्रवद्र्धन गर्न सहयोग पु¥याउने बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा आज शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत उल्लेख गुर्नभएको छ ।

साथै उहाँले हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरू मौलिक पूँजीका रूपमा रहेका छन्, एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ, विभिन्न संस्कृतिमा आधारित पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्”, शुभकामना सन्देशमा भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।