शुक्रबार, बैशाख ७, २०८१

सुलेमानीको अन्त्येष्टीमा भएको भागदौडमा दर्जनौको मृत्यु , इरानद्दारा हत्याको बदला लिने घोषणा

इरानले भन्यो- अमेरिकी सेना आतंकवादी हो

एजेन्सी /काठमाडौ पुस २२ अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्राको क्रममा भएको भागदौडमा परि ३ दर्जन भन्दा बढि नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थको क्रममा लाखौँ मानिसहरू भेला भएको र मानिस हताहत हुँदा यस किसिमको घटना भएके अधिकारीलाइ उदृत गर्दै पुष्टि गरेका छन।

यसैवीच सञ्चारमाध्यमले इरानले अमेरिकी सेनालाई आतंकवादी संज्ञा दिदै उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई हत्याको बदला लिने घोषणा गरेको जनाएको छ ।

त्यस्तै सुलेमानीको स्मृतिमा आयोजित शोकसभामा वीर सहिद घोषणा समेत गरिएको अमेरिका विरुद्ध आक्रोश व्यक्त गर्नुको अलावा समर्थकहरूले सुलेमानीको फोटो अंकित कालो लुगा सहित प्रदर्शन गरेको जनाएको छ ।

यसरी इरान र अमेकिरकावीच बढ्दो तनावका कारण विनासकारी युद्धको संभावनालाइ नर्कान नसकिने अवस्था सिर्जना हुँदै गएको सञ्चारमाध्यमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु