मङ्लबार, बैशाख ४, २०८१

सिद्धिगणेश बचतको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं पुस १९, सिद्धिगणेश बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो स्थापनाकालको १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सस्थाका अध्यक्ष राजुराज जोशीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको उद्घाटन पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले गर्नु भएको थियो ।

वार्षिक साधारणसभाको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी जोशीले सहकारी भनेको नै सहकार्यको प्रतिविम्व तथा आधारस्तम्भ भएको बताउँदै सहकारी संस्थाले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको बताउँनु भएको छ । साथै उहाँले एक सफल सहकारी संस्थाका लागि  संस्था र बचतकर्तावीचको विस्वाससंगै व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने बताउँनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।