शनिबार, बैशाख ८, २०८१

सापकोटाविरुद्ध दर्ता रिट निवेदनको सुनुवाइ सोमबार

काठमाडौ माघ १२,  संघीय संसदको नवनिर्वाचित सभामुख अग्नि सापकोटालाइ सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ १० गते सापकोटालाइ सभामुख निर्वाचित गदैगर्दा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जिकिर सहित दायर भएको रिट निवेदनको सोमवार हुने भएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा प्रस्तुत निवेदन उपर हाज छलफल हुने भनिएपनि हेर्न नभ्याएको सूचीमा परेसंगै सोमवार उक्त निवेदनको सुनवाइ हुने अदालतले जनाएको छ ।

यद्यपी आज बसेको संसद बैठकले सापकोटालाइ सभामुख पदमा निर्वाचित गरिसकेको अवस्थाकावीच निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको निवेदन उपर सोमवार हुने छलफल पछिको के कस्तो अवस्था सिर्जना हुने हो भन्ने सर्वत्र जिज्ञासा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।