बुधबार, बैशाख १२, २०८१

सर्वोच्चद्दारा नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सहित पाँच कम्पन्नी दोषी ठहर

काठमाडौ पुस २९, सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्र्स, शङ्कर अक्सिजन ग्यास प्रालि, बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर गरेको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा रन्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोमवार राजश्व न्यायाधीकरणले यसअघि नक्कली भ्याट बिल प्रकरणमा गरेको फैसला सदर गर्दै यी ५ कम्पनीलाइ दोषी गर्दै फैसला गरेको हो । त्यस्तै फैसलाको पूर्णपाठ तयार भई नसकेकाले दोषी ठहर भएको कम्पनीले के – कति रकम राज्यलाई तिर्नुपर्ने सोको जानकारी फैसला तयार भइकेपछि मात्रै जानकारी हुने अदालतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।