शुक्रबार, चैत्र १६, २०८०

सभामुखमा उम्मेदवारी नदिने काँग्रेस ससंदीयदलको निर्णय

काठमाडौं माघ ७, संघीय संसद सचिवालयले संघीय ससंदको सभामुख पदका लागि आगामी माघ १२ गते निर्वाचन हुुने गरि सार्वजनिक गरेको निर्वाचन कार्यकतालिका अनुरुप सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले   उम्मेदवारी नदिने निर्णय गरेको छ ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । यसअघि काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालको उम्मेदवारी दर्ता हुने चर्चा चलेको थियो ।
काँग्रेसको प्रस्तुत निर्णय संगै आजद सत्तारुढदल नेकपाको उम्मेदवारका अग्नी सापकोटाकोे मात्र उम्मेदवारी दर्ता हुने भएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि संघीय ससंदको सभामुख पद रिक्त रहदै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।