शुक्रबार, बैशाख ७, २०८१

सत्तारूढ केन्द्रीय कमिटी बैठक : सरकारले युगान्तकारी काम गरिरहेको प्रम ओलीको दावी

काठमाडौ माघ १५  .सत्तारूढ नेकपाको आजबाट दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रवीचको एकतापछि अस्तित्वमा आएको नेकपाको पार्टी एकता डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केर्पी ओली र अर्का अध्यक्ष ‘प्रचण्डले अध्यक्षता गर्नु भएको थियो ।

बैठकको शुभारम्भसत्र बोल्दै प्रधानमन्त्री ओलीले सरकारका काम र उपलब्धिबारे आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो । त्यसक्रममाम उहाँले मुलुकमा लामो संघर्षबाट बनेको आफ्नो सरकारले वर्तमान सरकारले युगान्तकारी काम गरिरहेको दाबी गर्दै वादविवादबाट नभइ नतिजाबाटै जवाफ दिन तयार रहको पनि बताए । साथै पछिल्लो समय ‘लोकतन्त्रप्रति प्रश्न उठाउने गरिएको छ । प्रेस स्वतन्त्रताबारे प्रश्न उठाउने गरिएको छ । यस्तो प्रश्न गर्नु निरर्थक छ,रहेको बताए ।

त्यसलगत्तै बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत संगै विधान संशोधन, राष्ट्रिय अभियान लगायतका समसामयिक प्रस्ताव उपरको छलफलको कार्यसूची रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु