शनिबार, बैशाख ८, २०८१

संघीय ससंदको रिक्त सभामुखमा सापकोटा सर्वसम्मत निर्वाचित, सोमवार शपथ लिने

हामी उपसभामुख पाउँछु भन्ने लालसामा नरहेको काँग्रेस सासंद रिजालको जिकिर

काठमाडौं माघ १२ , संघीय ससंदको रिक्त सभामुखमा सत्तारूढ नेकपाका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ ।संसदका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथिसंसद सचिवालयका   कर्मचारीमाथि यौन दुव्र्यवहारको मुद्धा संगै गत असोज १५ गते महराले पदबाट राजीना दिएसंगै सभामुखको पद रिक्त हुँदै आएको थियो ।

संघीय ससंदको आज बसेको बैठकको ज्येष्ठ सदस्यको हैसियतमा अध्यक्षता गर्नुभएको महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

त्यस्तै बैठकमा सभामुखको उम्मेदवारको प्रस्तावक सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन अभिव्यक्ति दिनु भएको थियो ।

 त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको भने आरोपको खण्डन गर्दै संविधानले दुई पदमा फरक फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुख पाउँछु भन्ने लालसा मा नरहेको बताउँनु भएको  छ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ ।

यसैवीच नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको संघीय ससंद सचिवालयले  जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।