शुक्रबार, चैत्र १६, २०८०

संघीय संसद अन्र्तगत आज दुवै सदनको बैठक बस्दै

काठमाडौं माघ १४, संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने भएको  छ ।  नवनिर्वाचित सभामुख सापकोटाले संचालन गर्ने आजको बैठकको कार्यसूची अन्र्तगत नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई दलीय आधारमा सांसदहरुले बधाई तथा शुभकामना आदान प्रदान संगै  संवैधानिक आयोगका केही प्रतिवेदनहरु पेश गर्ने संभावित कार्यसूची निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीका तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको बार्षिक प्रतिवेदन बैठकमा पेश हुनेछ ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक पेश हुनेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले योगमाया आयुर्वेदख विश्वविद्यालय विधेयक–२०७६ लाई सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सभा अध्यक्षले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।