बुधबार, बैशाख १२, २०८१

वीरेन्द्रनगरमा टिपरले मान्छे मारेपछि स्थिती तनावग्रस्त,प्रशासनद्दारा कर्फ्यू आदेश जारी

काठमाडौं माघ १४, वीरेन्द्रनगर नगरपालिका सुर्खेत गौतमचोक नजिक आज बिहान ८ः३० बजे भे १ ख २२४२ नं कोे टिपरले किच्दा २१ वर्षीय केशरबहादुर सिंहको मृत्युभएसंगै शुरु   भएको तनावका कारण जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको     हो ।
जारी कर्फ्यू आदेश  सूचनामा जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसार केशरबहादुर सिंहलाए ठक्कर दिइ हत्या गर्ने टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत    प्रर्दशन जारी रहेसंगै कर्णाली राजमार्गका साथै त्यस आसपास क्षेत्रका बजारसमेत बन्द भएको छ भने  प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिँदा समस्या सिर्जना भएका कारण कर्फ्यू आदेश घोषणा गरिएको बुझिएको छ । प्रर्दशनको क्रममा प्रदर्शनकारीको ढुंगा प्रहारबाट चारजना प्रहरीसमेत घाइते भएका छन् । त्यस्तै प्रहरीले लाठीचार्ज र दर्जनौं सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।